वीरगन्ज हेल्थ केयर अस्पतालमा पथ्थरीको अपरेशन गराएका बिरामीको काठमाडौंमा मृत्यु
प्रहरीकोमा परेको जाहेरी कारवाहीका लागि मेडिकल काउन्सिलमा पठाईयाे
वीरगन्ज, ६ भदौ । वीरगन्ज हेल्थ केयर अस्पतालमा पित्तथैलीमा रहेको पथ्थरीको उपचार गराएका युवकको मृत्यु भएको छ । वीरगन्ज हेल्थ केयर अस्पतालमा अपरेशन गरिएको उनको स्वास्थ्य अवस्था जटिल भएपछि काठमाडौको मेडिसिटी अस्पतालमा रेफर गरिएको थियो । उनको उपचारको क्रममा आईतबार राति मृत्यु भएको हो ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ चेरगाहाँ बस्ने ३२ बर्षीय फिरोज मियाँ अन्सारीलाई भदौ २६ गते वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । उहाँको पित्तथैलीमा रहेको पथ्थरीको दूरबिन प्रविधि (ल्यापकोली) बाट शल्यक्रिया गर्दा स्वास्थ्य अवस्था विग्रिएको थियो ।
उहाँको उपचार गर्ने क्रममा बढी रक्तश्राव भएपछि पुनः दोश्रो पटक ओपेन सर्जरी गरिएको थियो । त्यसपछि उनको स्वास्थ्य अवस्था झन विग्रिदै गयो । बिरामीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौको मेडीसिटी अस्पतालमा रेफर गरिएको थियो । फिरोजको त्यहिँ उपचारका क्रममा मृत्यु भएको हो ।
काठमाडौ लानु अघि नै बिरामीका आफन्तले वीरगन्ज हेल्थ केयर अस्पतालका चिकित्सक डाक्टर आसिफ अन्सारीको लापरवाहीले बिरामीको स्वास्थ्य अवस्था नाजुक बनेको भन्दै कारवाही र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए । बिरामीका आफन्तले उपचारमा संलग्न चिकित्सक डाक्टर अन्सारी र अस्पतालका संचालक डाक्टर अबुलहैस अन्सारी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा परेको उजुरी आवश्यक कारवाहीको लागि नेपाल स्वास्थय परिषदमा पठाईएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताउनुभयो ।
चिकित्सकको पेशाको चरित्र हत्या गर्न खोजियो : चिकित्संघ
वीरगन्ज हेल्थ केयर अस्पतालमा भएको घटनाको विषयमा नेपाल चिकित्सक संघ भने रक्षक बनेको छ । अस्पताल प्रशासनको प्रतिक्रिया आउनु अघि नै नेपाल चिकित्सक नारायणी शाखाले पत्रकार सम्मेलन गरेर अस्पतालमा भएको घटनाको विषयमा सञ्चार माध्यमहरुमा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन गरेर संघले बिरामीको दूरबिनको माध्यमबाट गरिएको शल्यक्रियाबाट रत्तश्राब बढी भएपछि पुनः ओपन सर्जरीबाट रक्तश्राव रोकेर शल्यक्रिया गरिएको र अतिसघन कक्षमा बिरामीलाई राख्दा पनि ५०० मिलिलिटर रगत आएको र त्यसलाई रोक्न बिरामीको आफन्तसँग हाई रिक्स कन्सेन्ट लिएर रक्तश्राब रोक्न पुनः शल्यक्रिया गर्दा फोक्सो लगायत शरीरमा संक्रमण देखिएको जनाएको छ ।
त्यसपछि थप उपचारका लागि मेडिसिटी अस्पतालमा रेफर गरिएको पनि पत्रकार सम्मेलनमा जनाएको छ । पेशागत दायित्व निर्वाह गर्दा गर्दैपनि चिकित्सकसँग सोधपुछ नै नगरी एकोहोरो ढंगले चिकित्सक तथा स्वास्थ्यकर्मीको चरित्र हत्या गर्ने गरी निराधार समाचार प्रकाशित गरेकोमा चिकित्सक संघ आहत भएको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा जनाएको छ ।
चिकित्सक संघले घटनालाई भवितव्य पनि भनेको छ । भवितब्य माथि कसैको नियन्त्रण नहुने भएकोले भवितब्यलाई लापरवाही भनेर दोषारोपण गरी अनुचित लाभ लिने मनसायले गरिएको गतिविधि पनि भनेको छ ।
कुनैपनि वाहानामा चिकित्सकहरुको पेशागत दायित्व निर्वाह गर्ने कार्यक्रमा बाधा पुग्ने गरि कुनैपनि सरोकारवाला पक्षबाट प्रयास गरिए देशभरका संघका शाखाहरुसँग समन्वय गरेर कठोर भन्दा कठोर संघर्ष गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।
लापरवाही गर्नेलाई के छ सजायको व्यावस्था ?
लापरवाहीपूण काम गरी ज्यान मार्न नहुने यदि कसैले कसुर गरे वा दोषी पाईएमा त्यसलाई कारवाही र सजायको पनि व्यावस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८१ मा कसैले लापरवाहीपूर्ण काम गरी कसैको ज्यान मार्न नहुने उल्लेख छ।
पीडितले कारवाही र क्षतिपूर्तिको लागि जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएको जाहेरी